विराटनगर । नेकपा (एमाले) मोरङको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। जारी १०औँ अधिवेशनमा दुई पक्षबीच प्रतिस्पर्धा भइरहेको छ । जहाँ दुवै पक्षले आफ्ना प्यानलसहित उम्मेदवारी दिएका छन् ।
संस्थापन पक्षबाट अध्यक्ष पदका लागि राजकुमार ओझाले उम्मेदवारी दिएका छन् भने इतर पक्षबाट अजम्बर राई प्रतिस्पर्धामा छन् । त्यसैगरी, संस्थापन पक्षबाट उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, उपसचिवहरूमा शिल्पा निराला कार्की र ईर्जालाल राजवंशी मैदानमा छन्।
इतर पक्षको नेतृत्व गरिरहेका विनोद ढकाल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी निकट मानिन्छन् । उनीहरूको टिमबाट उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, तथा उपसचिवहरूमा सन्तोष वान्तवा र उषा झाले उम्मेदवारी दिएका छन् ।
अधिवेशनबाट १ सय ६५ सदस्यीय कमिटी चयन गरिनेछ। निर्वाचनका लागि ९११ जना प्रतिनिधि मतदाता रहेको प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठले जानकारी दिएका छन् । मतदान आज बिहान ९ बजेपछि सुरु हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया