स्ववियु निर्वाचनको तयारीमा जुट्यो नेविसंघ, १४ समिति गठन

लोकपथ
49
Shares

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा जुटेको छ ।

त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गतेका लागि स्ववियु निर्वाचनको मिति तय गरेको छ । सोही अनुसार नेविसंघले विभिन्न समितिहरु गठन गरेको छ ।

जसअनुसार अन्तर विद्यार्थी संगठन समन्वय समितिको संयोजकमा पंकजकुमार क्षेत्री, स्ववियु निर्वाचन प्रचारप्रसा समितिमा यङजोर कार्की, स्ववियु निर्वाचन अनुगमन समितिको संयोजकमा आदर्श मल्ल रहेका छन् ।

त्यस्तै सुरक्षा निकाय एवं प्रशासन समितिमा विजय ढुंगाना, जिल्ला तथा सम्पर्क समिति समन्वय समितिमा रामचन्द्र भण्डारी, घोषणापत्र तयारी समितिको संयोजकमा विकल राई सहित विभिन्न १४ वटा समिति गठन गरी नेतृत्व हस्तान्तरण गरिएको हो ।
नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले प्रत्येक समितिमा एक सदस्यसचिव रहने व्यवस्था गरिएको र समितिको आकार, समयावधि, काम कर्तव्य र अधिकार कार्यादेशमा तोकिए बमोजिम हुने बताएका छन् ।

प्रत्येक २–२ वर्षमा हुने स्ववियु निर्वाचन २ वर्ष अघि देशभरका अधिकांश कलेजमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?