स्ववियु निर्वाचन : संघ-संगठन दर्ता आज हुँदै

लोकपथ
203
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका लागि संघ–संगठन दर्ता सोमबार हुँदैछ। आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि आज बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म संघ–संगठन दर्ताको समय तोकिएको हो ।

बिहान कक्षा सञ्चालन हुने क्याम्पसहरूले आफ्नै अनुकूलताका आधारमा समय तोकेका छन् ।

त्रिभुवन विश्वविद्यालयका ६१ आंगिक क्याम्पसमा भने दिउँसो ३ः०० बजेभित्र संघ-संगठन दर्ता सम्पन्न गर्नुपर्ने निर्वाचन समितिले जनाएको छ।

निर्वाचन कार्यतालिका अनुसार फागुन २१ गते बिहान १० बजे मतदाता नामावली प्रकाशन गरिनेछ । फागुन २५ गते दिउँसो १ बजेसम्म मतदाता नामावलीमाथि दाबी–विरोधको समय छुट्ट्याइएको छ।

फागुन २५ गते साँझ ५ बजे मतदाताको अन्तिम नामावली प्रकाशित गरिनेछ। फागुन २६ गते बिहान ११ बजे देखि दिउँसो २ बजेसम्म मनोनयन पत्र वितरण तथा फागुन २७ गते उम्मेदवारी दर्ताको प्रक्रिया तय गरिएको छ।

निर्वाचन कार्यतालिका अनुसार चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?