कांग्रेसले राष्ट्रियता, समाजवाद र प्रजातन्त्रलाई छोडेको छैन : शेखर कोइराला

लोकपथ
35
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले नेपाली कांग्रेसले राष्ट्रियता, समाजवाद र प्रजातन्त्रलाई नछोडेको बताएका छन् ।

आइतबार रुपन्देहीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कतिपयले कांग्रेसले समाजवाद बिर्सियो भन्ने गरेको भन्दै कांग्रेसले समाजवाद नबिर्सिएको बताए ।

उनले कसैले बोलेको भए त्यसलाई मतलब नगर्न आग्रह गरे । उनले कहिले कहीँ राजनीतिमा ‘इग्नोर’ गर्नुपर्ने बताए । सामाजिक सुरक्षालाई नेपाली कांग्रेसले बढाइराखेको पनि उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?