सरकारले जनतालाई रोग, भोक र शोकमा डुबाएको छ : सांसद तिमिल्सिना 

लोकपथ
238
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सांसद गोमादेवी तिमिल्सिनाले वर्तमान सरकारले जनतालाई रोग, भोक र शोकमा डुबाएको आरोप लगाएकी छन् । 

राष्ट्रिय सभाको आइतबारको बैठकमा बोल्दै सांसद तिमिल्सिनाले यस्तो आरोप लगाएकी हुन् । उनले जनताले बचत गरेको रकम सहकारीले हिनामिना गरेर जनतालाई बिचल्लीमा पारेको आरोप लगाइन् । राजनीतिक दलहरू नसम्हालिँदा दलका नेता र कार्यकर्ता नै सहकारी ठगीमा संलग्न रहेको उनको भनाइ छ । 

उनले सरकार सहकारी पीडितलाई न्याय कहिले दिने ? भन्दै सरकारलाई प्रश्न समेत गरिन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?