बझाङमा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी, एक युवक पक्राउ

लोकपथ
1.4k
Shares

बझाङ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा  एक जनालाई प्रहरीले पक्राउ  गरेको छ । 

बझाङको जयपृथ्वी नगरपालिका-१० चैनपुर डेरा गरी बस्ने मष्टा गाउँपालिका-४ घर भएका २२ वर्षीय विवेक उपाध्यायलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

विवेकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको  छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?