काठमाडौं । नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै शेरा दरबार प्रकरणमा कानून र निकायहरूले छानबिन गरिरहेको बताएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले शेरा दरबार काण्ड सतहमा आएको र यसबारे अध्यक्ष दाहालले ओठे जवाफ दिएको भन्दै ओठे जवाफले छानबिन नहुने बताए । उनले छानबिन गर्ने कानून र निकायहरूले छानबिन गरिरहेको बताए । उनले देशमा भ्रष्टाचार भयानक रोगका रूपमा मौजुद रहेको भन्दै विभिन्न भ्रष्टाचारका प्रकरणहरू उचाल्ने तर अनुसन्धान नगर्ने परिपाटीको अन्त्य गर्नुपर्ने बताए ।
उनले झन्डै दुई अर्ब भ्रष्टाचारको मुद्दा दायर गरिसकेको व्यक्तिलाई प्रतिपक्ष दलका नेताले प्रतिशोध भनेर भाषण गर्ने कुरा भ्रष्टाचारको ढाकछोप हो की होइन ? भन्दै प्रश्न गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया