‘जैविक स्रोतको वैज्ञानिक प्रयोग र प्रवर्द्धन गर्नसके नेपालको कृषिमा आमूल परिवर्तन ल्याउन सकिन्छ’

लोकपथ
98
Shares

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्दै जैविक स्रोतको वैज्ञानिक प्रयोग र प्रवर्द्धन गर्नसके नेपालको कृषिमा आमूल परिवर्तन ल्याउन सकिने बताएका छन्  । 

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपाल प्राकृतिक स्रोत, साधनले भरिपूर्ण देश भएको तर चिन्न नसकेको बताए । उनले नेपाल जस्तो जैविक विविधताले भरिपूर्ण देशमा औषधीय वनस्पति र अन्य जैविक स्रोतहरूको व्यावसायिक र वैज्ञानिक सदुपयोग गर्नसके कृषिको आधुनिकीकरणसँगै आर्थिक समृद्धिमा पनि ठुलो योगदान पुर्‍याउने बताए । 

उनले नेपालमा पाइने विभिन्न वनस्पति, जडीबुटी, कृषिबाली तथा जैविक स्रोतहरूले हाम्रो कृषि प्रणाली, औषधि उत्पादन, पोषण सुरक्षामा महत्त्वपूर्ण योगदान पुर्‍याउने गरेको उल्लेख गरे । उनले जैविक स्रोतहरूको संरक्षण, अनुसन्धान, उत्पादनमुखी व्यवस्थापन तथा व्यवसायीकरण अझै प्रभावकारी हुन नसकेको बताए । 

मन्त्री अधिकारीले सरकार कृषि अनुसन्धान, जैविक विविधताको संरक्षण तथा जैविक स्रोतहरूको औद्योगिक एवं व्यावसायिक प्रयोगलाई प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?