काठमाडौं । नेपाली कांग्रेसले पार्टीको मानव अधिकार विभागमा १० सदस्यहरु मनोनीत गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम सदस्यहरु मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार सर्मिला अधिकारी (झापा), दुर्गाबहादुर सुवेदी (धनकुटा), डा. बासुदेव गिरी (लमजुङ) र कृष्ण चौधरी –बारा) लगायत रहेका छन् ।
पछिल्लो समय कांग्रेसले पार्टीका विभिन्न विभागका सदस्यहरुलाई जिम्मेवारी दिइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया