अमेरिका जानुअघि प्रधानमन्त्री ओलीले संसद्मा सम्बोधन गर्ने

लोकपथ
105
Shares
फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिका जानुअघि प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । सम्बोधनका लागि भदौ ३१ को मिति निर्धारण गरिएको छ ।

सम्बोधनमा प्रधानमन्त्री ओलीले राष्ट्रसंघमा उठाउने विषय र समसामयिक राजनीतिका बारेमा उल्लेख गर्ने स्रोतको जनाएको छ ।

अमेरिका जाने टोलीमा परराष्ट्रमन्त्री आरजु देउवा राणा, पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्रसचिव सेवा लम्साललगायत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?