बालुवाटारमा सुरु भयो सत्तारुढ दलको बैठक

लोकपथ
84
Shares

काठमाडौं । सत्तारुढ दलका शीर्ष नेताहरुसहितको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत सहभागी रहेका छन् ।

त्यसो त आइतबार साँझ प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति देउवा, एमालेका महासचिव शंकर पोखरेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्र मन्त्री आरजु राणा, उपप्रधान एवम् अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलबीच छलफलपछि आज सत्तारुढ दलको बैठक बोलाइएको हो ।

बैठकमा सरकारको कामको मूल्याङ्कन र न्यूनतम साझा कार्यक्रम बनाउने लगायत छलफलका विषयहरु रहेका छन् भने जनतामा रहेको निराशा हटाउने र सरकारका कामलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल गर्ने एजेण्डा रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?