काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा नेतादेखि कार्यकर्तासम्म आफ्नो अमूल्य समय आफैँसँग लडेर बस्ने गरेको टिप्पणी गरेका छन् ।
वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा चितवन पुगेका पूर्वमन्त्री समेत रहेका थापाले कांग्रेसका नेता कार्यकर्ताको ९० प्रतिशत समय आफ्नै मान्छेसँग लडेर गइरहेको बताए ।
‘कांग्रेसका जिम्मेवारीमा रहेका ९० प्रतिशत मान्छेहरुको समय आफैँसँग जुधेर गइरहेको छ । यहाँ मात्र होइन देशभरी नै समय खेर गइरहेको छ,’ थापाले भने ।
त्यस्तै पार्टीमा जिम्मेवारी लिन्छु भन्ने व्यक्तिले धेरै दुख गर्नुपर्ने समेत बताए । आफू जिम्मेवारी लिन्छु भन्ने तर दुख गर्न नमान्ने प्रवृत्तिले पार्टी सुदृढीकरण हुन नसकेको बताए ।
‘जिम्मेवारी कसले लिने भन्ने प्रतिष्पर्धा होइन । जसले जिम्मेवारी लिन्छ, त्यसले बढी दुख गर्नुपर्छ,’ उनले भने ।
त्यस्तै चितवनले नै निर्वाचनमा गठबन्धन गर्न हुँदैन भन्ने पाठ सिकाएकाले आगामी दिनमा त्यसको जस नेपाली कांग्रेस चितवनलाई नै जाने बताए । साथै एक्लै चुनाव लड्ने संकल्प पार्टीले गरेको बताउँदै सोही अनुसार संगठन निर्माणको तयारीमा जुट्न समेत आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया