सरकार गठनको दुई महिनापछि बल्ल न्यूनतम साझा कार्यक्रम बनाउन मस्यौदा समिति

लोकपथ
77
Shares
फाइल तस्बिर

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बनेको दुई महिनापछि बल्ल सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन मस्यौदा समिति कार्यदल गठन भएको छ ।

सत्तासाझेदार कांग्रेस–एमाले गठबन्धनको शीर्ष नेताहरूको बैठकले साझा कार्यक्रम बनाउन चार सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलमा कांग्रेसको तर्फबाट महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत र एमालेको तर्फबाट उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका छन् ।

न्यूनतम साझा कार्यक्रमको बारेमा छलफलका लागि आज ४ बजे गठबन्धनको बैठक बस्दैछ । ओली नेतृत्वको सरकार असार ३१ गते गठन भएको थियो । ओली नेतृत्वको सरकारमा एमालेका साथै कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टी छन् । ओली नेतृत्वको सरकारलाई जसपा नेपाल र जनमत पार्टीले पनि समर्थन गरेको छ । यद्यपि, यी दुई दल सरकारमा गएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?