पार्टी सुदृढीकरणका लागि सुदन किरातीका ६ बुँदे सुझाव (पूर्णपाठ)

लोकपथ
63
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सुदन किरातीले ६ बुँदे सुझाव पेस गरेका छन् ।
कोशी प्रदेश अन्तर्गत प्रदेश सदस्य र पदाधिकारीको बैठकमा ‘नेपाली मौलिकतामा समाजवादी विचारको निर्माण र संगठन परिचालन’ नामक सुझाव पेस गरेका हुन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समेत सहभागि भएको उदयपुरको बेलका नगरपालिका–८ रामपुरमा भएको भेलामा उनले सो प्रस्ताव पेस गरेका हुन् ।

सबै दलहरुले समाजवादको नारा लगाए पनि असली समाजवाद जनताले प्रत्याभूत गर्न नपाएको भन्दै प्रचण्डको नेतृत्वमा ‘देश महायात्रा’ गरेर विचारको विकास गर्न आग्रह गरे ।

त्यस्तै देशको संस्कृती बुझ्न, आम पार्टीलाई जनविश्वविद्यालय बुझ्न अर्थात् जनतासँग भालाकुसारी गर्न पठाउन आग्रह गरेका छन् । साथै जनताबाट आाएको ज्ञान र विश्व साम्राज्यसम्बन्धी अध्ययनका आधारमा नेपाली समाजवादी विचारको संश्लेषण गर्न सुझाव दिए ।
समाजवाद सम्बन्धी जनताले बुझ्ने भाषामा पार्टीले अहिले गर्न चाहेको र पछि गर्ने कामबारे नीति तथा कार्यक्रम स्पष्ट पार्न आग्रह गरे ।

‘समाजवादसम्बन्धी जनताले बुझ्ने भाषामा ‘अहिले के गर्न सक्छौँ अथवा चाहान्छौँ’ र ‘पछि यति गर्नेछौँ’ भनेर हाम्रो पार्टीको नीति तथा कार्यक्रम स्पष्ट पारौँ,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?