ढिला गरी सुरु भयो एकीकृत समाजवादीको बैठक, टुंगो लाग्ला केन्द्रीय समिति ?

लोकपथ
98
Shares
फाइल तस्बिर

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सुरु भएको छ ।

केही बेरअघि पार्टी कार्यालय आलोकनगरमा बैठक सुरु भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

यसअघि सोमबार बोलाइएको बैठक आजसम्मका लागि सारिएको थियो । आज बिहान ११ बजेका लागि बोलाइएको बैठक झण्डै तीन घण्टा ढिला गरी सुरु भएको हो ।

असार २१ गते सम्पन्न पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक बसेको हो ।

आजको बैठकमा केन्द्रीय समितिलाई पूर्णता दिने विषयमा छलफल हुनेछ । महाधिवेशनले अध्यक्ष, सम्मानित नेता र महासचिवसहित ९२ जना केन्द्रीय समिति टुंगो लगाएको छ । २९९ सदस्यीय केन्द्रीय समितिमा अन्य सदस्य तथा पदाधिकारीहरुको नाम भने टुंगो लाग्न बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?