काठमाडौं । माओवादी केन्द्रको पदाधिकारी बैठक सारिएको छ ।
आज बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो । तर नेताहरुको व्यस्तताको कारण देखाउँदै बैठक २ घण्टा पर सारिएको हो ।
माओवादीका सचिव डोरप्रसाद उपाध्यायका अनुसार आज बैठकमा उठेका प्रश्नका विषयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनेछन् ।
यसअघिका बैठकहरुमा नेताहरुले आ–आफ्नो धारणा राखेका थिए । त्यसो त सोमबार नेताहरुले धारणा राख्ने क्रम सकिएको छ ।
नेताहरुले वर्तमान सत्ता समीकरणका विषय र माओवादी आगामी दिनमा चाल्नुपर्ने भूमिकामा विषयमा आ–आफ्नो धारणा राखेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया