काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सारिएको छ ।
सोमबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको थियो । तर आवश्यक तयारी नपुगेको भन्दै बैठक सारिएको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार अब बुधबार बैठक बस्नेछ ।
बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिने तयारी गरिएको थियो । तर पार्टीभित्र भागबण्डा मिल्न नसक्दा केन्द्रीय कमिटीलाई पूर्णता दिन नसकिएको हो ।
गत असार ३१ गते काठमाडौंमा सम्पन्न एकीकृत समाजवादीको अध्यक्ष, सम्मानित नेता र महासचिवसहित ९३ जनाको नाम बाचन गरिएको थियो । अध्यक्षमा माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिवमा घनश्याम भुुसाल चयन भएका छन् । २९९ सदस्यीय बन्ने केन्द्रीय कमिटीमा अन्य २०६ जनाको नाम आउन बाँकी रहेको छ ।
अन्य केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरुको नामका विषयमा पार्टीमा असन्तुष्टी बढिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया