काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानाले अमेरिकी दूतावासलाई लेखेको पत्रबारे बचाउ गरेको छ ।
आज बसेको रास्वपाको केन्द्रीय कमिटी बैठकपछि बोल्दै कार्यबाहक प्रवक्ता मनिष झाले अमेरिकी दूतावासमा उक्त पत्र रजिस्टर नै नभएको दाबी गरे । साथै त्यसमा सिफारिस गरिएका कुनै पनि व्यक्तिले सुविधा नलिएको उनले बताए ।
‘यो पत्रको मिति १८ महिना अगाडिको रहेछ । अमेरिकी दूतावासमा रजिस्टर भएको पनि छैन । सिफारिसअनुसार कसैले सुविधा लिइएको पनि पाइएन,’ उनले भने ।
त्यसैगरी उपसभामुख भैसकेपछि राना रास्वपाको सदस्य समेत नरहेको बताउँदै संसद् सचिवालय र राज्य व्यवस्था समितिमा उजुरी परेको र त्यहाँबाट निर्णय आएपछि त्यसको आधारमा थप धारणा बनाउने बताए ।
झाले भने, ‘उहाँ हाम्रो पार्टीको सदस्य हुनुहुन्न । यो विषयमा संसद सचिवालय र राज्य व्यवस्था समितिमा उजुरी परिसकेको छ । त्यहाँ के छलफल र निर्णय हुन्छ, त्यसको आधारमा हामी थप धारणा बनाउनेछौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया