…अनि एमाले–कांग्रेससँग झस्कियो राप्रपा

लोकपथ
350
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ ।

आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन नसक्ने बताए ।

उनले एमाले–कांग्रेसले असार १७ गते राति गरेको सहमतिप्रति आफूहरु सकारात्मक रहेको सुनाए । सोही समयमा सरकारलाई समर्थन गरेर अघि बढ्न सक्ने संकेत गरे पनि एमाले महासचिव शंकर पोखरेलको भनाइप्रति शसंकित भएको बताए । एक टेलिभिजन अन्तर्वार्तामा पोखरेलले दुई दल मिलेर समानुपातिक र समावेशितालाई समाप्त पार्ने किसिमको अभिव्यक्ति दिएको भन्दै त्यसबाट आफूहरुले वर्तमान सरकारलाई विश्वासको मत दिन नसक्ने बताए ।

अध्यक्ष लिङ्देनले यसअघि सरकारलाई विश्वासको मत दिए पनि ठोस परिणाम आउन नसकेको भन्दै अहिले विश्वासको मत दिन नसक्ने बताए । साथै वर्तमान गठबन्धनले जनताको पक्षमा काम गर्न नसक्ने र आत्मआलोचना गरेर अघि बढ्न समेत आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?