एमाले–कांग्रेसप्रति रविको आक्रोश : तपाईँहरुले ३४ वर्षमा गरेको काम देखेका छौँ

लोकपथ
182
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान कांग्रेस–एमाले गठबन्धनप्रति कटाक्ष गरेका छन् ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सो कुरा बताएका हुन् ।

उनले अहिले बनेको नेपाली कांग्रेस र एमालेबीचको गठबन्धनले यथेष्ठ परिणाम दिन नसक्ने भन्दै कटाक्ष गरे । देशमा लोकतन्त्र आएपछिको ३४ वर्षको अवधिमा केही नगरेको भन्दै त्यसको जिम्मेवारी लिन समेत आग्रह गरे । आफूहरु छोटो समयमा नै लामो समय सरकार बसेको बताउँदै आफूहरुले सरकारमा बसेको समयको दोष जिम्मा लिने बताए ।

त्यस्तै उपसभामुख इन्दिरा रानामाथि वर्तमान गठबन्धनले नियोजित ढंगले हेरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?