बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिने

लोकपथ
42
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज आइतबार प्रदेश सभालाई सम्बोधन गरेर राजीनामा दिने भएका छन् । नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको सुझावपछि उनी राजीनामा दिने निर्णयमा पुगेका छन् ।

माओवादी केन्द्रका मुख्य सचेतक रत्नप्रसाद ढकालले संसदीय दलको बैठकमा सांसदहरूले मुख्यमन्त्रीलाई राजीनामा दिन सुझाव दिएको जानकारी दिए । ‘संसदीय दलले मुख्यमन्त्रीलाई राजीनामा दिन सुझाव दिएको छ,’ ढकालले भने ।

यसअघि जम्कट्टेलले विश्वासको मत लिने प्रयोजनका लागि प्रस्ताव दर्ता गराएकोमा ५ साउनमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले विश्वासको मत लिने कार्यसूची बनाएको थियो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलका नेता जम्कट्टेल गत २०७९ पुसदेखि मुख्यमन्त्री रहँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?