उपसभामुखबारे कांग्रेसको आक्रोश : मान्छे बेच्नेहरुको अनुसन्धान गर्नुपर्‍यो

लोकपथ
539
Shares

काठमाडौं । उपसभामुख इन्दिरा रानाले अमेरिकी दूतावासलाई लेखेको पत्रबारे संसद्मा प्रश्न उठेको छ ।

आज बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद रामहरि खतिवडाले उपसभामुख जस्तो व्यक्तिले भिसाका लागि अमेरिकालाई पत्र लेख्नु गैरजिम्मेवार काम भएको बताए ।

उनले यसअघि प्रतिनिधि सभामा कांग्रेसका नेताहरु सूचना बेच्ने गरेको आरोप आएको बताउँदै अहिले मान्छे नै बेच्नेहरुलाई छाड्न नहुने भन्दै कटाक्ष गरे ।

‘यसअघि संसद्मा सूचना बेच्नेहरु थिए भनेर भनिएको थियो । अहिले मान्छे बेचेको कुरा आयो अब मान्छे बेच्नेहरुको अनुसन्धान गर्नुपर्‍यो,’ उनले भने ।

त्यस्तै संसद्को लेटरहेटड प्रयोग गरी असम्बन्धित मान्छेहरुलाई अमेरिका लैजान लागेको भन्दै कटाक्ष गरे ।

यता प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले भने उपसभामुखलाई हटाएर संवैधानिक परिषद्मा आफ्नो बहुमत पुर्याउनका लागि अहिले उक्त पत्र सार्वजनिक गरिएको भन्दै कटाक्ष गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?