प्रधानमन्त्रीको विश्वासको मतबारे सभामुख घिमिरेले गरे प्रमुख सचेतकहरुसँग छलफल

लोकपथ
154
Shares

काठमाडौं। सभामुख देवराज घिमिरेले मुख्य राजनीतिक दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन् ।

सभामुख घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मत र संसद्को क्यालेन्डरबारे प्रमुख सचेतहरुसँग परामर्श गरेका हुन् ।

बैठकपछि बोल्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले आजबाट आगामी साउन १५ गतेसम्म कुन कुन दिन प्रतिनिधि सभा बैठक बस्ने भन्नेबारे छलफल भएको थियो ।

त्यस्तै भोलि दिउँसो १ बजेका लागि कार्य व्यवस्था तथा परामर्श समितिको बैठक बोलाइएको र सो बैठकले त्यसलाई अनुमोदन गर्ने बर्तौलाको भनाइ छ ।

‘आजदेखि १५ गतेसम्मको बैठक कुन कुन दिनमा बस्ने, विधेयकहरूमाथि छलफल गर्नको लागि समितिलाई कहिले समय दिने, थप छलफलको लागि भोलि दिउँसो १ बजे बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठकले निर्णय गर्छ,’ उनले भने ।

प्रधानमन्त्री ओलीले आगामी साउन ६ गते संसद्बाट विश्वासको मत लिँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?