सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

लोकपथ
0
Shares

काठमाडौं । कारोबारको पहिलो दिन सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ । शुक्रबार प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुन १ लाख ४२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि जेठ २५ गते सुन हालसम्मकै उच्च १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो । महासंघका अनुसार चाँदीको भाउ भने स्थिर रहेको छ । तोलाको १ हजार ७९० रुपैयाँमा चाँदीको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?