त्रिभुवन विमानस्थल २३ कात्तिकदेखि दैनिक १० घण्टा बन्द

लोकपथ
0
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ ।

आगामी २३ कात्तिकदेखि चैत १८ सम्म विमानस्थल राति १० बजेबाट बिहान ८ बजेसम्म दैनिक १० घण्टा बन्द हुने विमानस्थल कार्यालयको सूचनामा उल्लेख गरिएको छ ।

विमानस्थल कार्यालयले धावनमार्ग विस्तार, ट्याक्सी वे, पार्किङ वेलगायत काम गर्नुपर्ने भएकाले विमानस्थल बन्द गर्नुपर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?