वैशाख ११ गते दिनभर देशमा के भयो ? एक क्लिकमा थाहा पाउनुहोस्

WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ ।

आज मिति २०७६ साल वैशाख ११ गते देश दुनियाँमा के–के घटना भए  ? जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र ५ मिनेटमा थाहा पाउनुहोस् देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु । यूट्युवमा गएर LOKPATH TV  टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ । अन्तमा  LOKPATH TV  लाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् । 

 

1. महालेखाको प्रतिवेदनप्रति सर्वोच्चको आपत्ति :   महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनप्रति सर्वोच्च अदालतले आपत्ति जनाएको छ ।सरकारी नीति र निर्णयको आधारमा गरिएको खर्चलाई महालेखाले बेरुजु भनेको भन्दै सर्वोच्चले आपत्ति जनाएको हो ।

 

2. वैद्यले गरे साना ४ कम्युनिष्ट घटकसँग कार्यगत एकता, वैशाख २७ गते संयुक्त विरोधसभा :   मोहन वैद्य (किरण) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले चार साना कम्युनिष्ट घटकसँग एकता प्रक्रिया अघि बढाएको छ ।  

 

3. नीजि विद्यालयको चर्को शुल्क असुलीमा महानगर नै बेखबर  !  (भिडियोसहित ) :  जनप्रतिनिधि र कर्मचारीका दुईथरी कुरा

 

4. एनआईसी एशिया बैंकको नयाँ शाखा मनमैंजुमा :  एनआईसी एशिया बैंकले मनमैंजुमा नयाँ शाखा विस्तार गरेको छ । तारकेश्वर नगरपालिका वडा नं ११ मनमैंजुमा बैंकले आफ्नो शाखा विस्तार गरेको हो । 

 

5. महाधिवेशन तत्काल गर्न राजपा नेताद्वारा नेतृत्वलाई दबाव शुरु  :   राष्ट्रिय महाधिवेशन तत्काल गर्न राष्ट्रिय जनता पार्टी  (राजपा) नेपालका नेताहरुले दबाव दिन शुरु गरेका छन् । तीन दिनदेखि काठमाडौंको पार्टी कार्यालय बबरमहलमा जारी बैठकमा राजपा नेताहरुले पार्टीको राष्ट्रिय महाधिवेशन तत्काल गर्न नेतृत्वलाई दबाव दिन शुरु गरेका हुन् । 

 

 

6. सामाजिक सञ्जाल ट्वीटरको शेयर मूल्य १७ प्रतिशतले वृद्धि  :  ट्वीटरको शेयर मूल्य १७ प्रतिशतभन्दा बढिले वृद्धि भएको छ । आम्दानी र प्रयोगकर्ताहरुको संख्या बढेसँगै ट्वीटरको शेयर मूल्यमा वृद्धि भएको हो

 

7. नेपालले रच्यो भारतमा इतिहास :  सुर्खेत गुरुबाकोट नगरपालिकाकी रुपा रानाले भारतको पटनामा सम्पन्न अन्तर्राष्ट्रिय कराँते च्याम्यिनसिप तथा किक बक्सिङमा उत्कृष्ट प्रदर्शन गर्दै दुई स्वर्ण पदक जितेर सबैलाई चकित पारिन् । उनले विदेशी भूमिमा स्वर्ण पदक जितेर नेपालको नाम राख्ने धोको यसपटक पनि पूरा गरिन् ।

 

8. नेपाली खेलकुद नयाँ युगमा प्रवेश :   आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता ऐतिहासिक रुपमा आज सम्पन्न हुँदैछ । पहिलोपटक निर्धारित समय दुई वर्षको अवधिमै आफ्नै अत्याधुनिक भौतिक पूर्वाधार र खेल समावेशका आधारले आठौँ प्रतियोगितासँगै नेपाली खेलकुद नयाँ युगमा प्रवेश गरेको छ ।
 

 

9. सरकारले गरेन औपचारिक कार्यक्रम, कहाँ राखिए शहिदका सपना  :   लोकतन्त्र स्थापना भएको आज १३ वर्ष पूरा भएको छ । तत्कालिन राजा ज्ञानेन्द्र शाहले जनता सामु घुँडा टेकेको दिनको रुपमा मुलुकमा लोकतन्त्र दिवस मनाउने गरिन्छ । 

 

 

10. काठमाडौंमा तेस्रो पटक भूकम्पको धक्का महशुस  :   काठमाडौंमा फेरी भूकम्पको धक्का महशुस भएको छ । योसँगै काठमाडौंमा तेस्रो पटक भूकम्पको धक्का महशुस गरिएको हो । धादिङ केन्द्रबिन्दु भएर फेरि अर्को भूकम्पको धक्का गएको हो ।

 

11. दुई धारमा राजपा, नियमित वा एकता महाधिवेशन गर्नेमा अन्यौल  :  राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल पदाधिकारी समितिको बैठक आज पनि जारी छ । तीनदिन देखि जारी राजपा पदाधिकारी समितिको बैठक आज ९बुधवार० बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय बबरमहलमा जारी भएको हो । 

 

12. एपीएफले जित्यो महिला भलिबलको उपाधि   :  एपीएफ क्लबले आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला भलिबलको स्वर्ण पदक जितेको छ । बाँकेको खजुरामा आज ‘बुधवार’ बिहान भएको फाइनल खेलमा एपएिफले प्रदेश ३ लाई पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पारेको हो । एपीएफले प्रदेश ३ लाई सोझो सेटमा पराजित गरेको हो । 

 

 

13. म्यानमारको बहुमूल्य ढुंगा खानीमा पहिरो, ५४ जनाको मृत्यु  :   म्यानमारको बहुमूल्य ढुंगा खानीमा झरेको पहिरोमा पुरिएर ५४ जनाको मृत्यु भएको छ । म्यानमारको कचिन राज्यस्थित वे नागर कोए काउङ र म्यानमार थुरा जेम्स् कम्पनीमा बहुमूल्य ढुंगा खानीमा झरेको पहिरोमा पुरिएर ५४ जनाको मृत्यु भएको हो । 

 

14. भारतको अरुणाचल प्रदेशमा शक्तिशाली भूकम्प  :   भारतको अरुणाचल प्रदेशमा शक्तिशाली भूकम्प गएको छ। भारतीय सञ्चार माध्यमहरुका अनुसार आज ‘बुधवार’ बिहान १ बजेर ४५ मिनेट जाँदा ६ दशमलब १ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो।

 

15. काठमाडौंका ‘स्मार्ट धोबी’ स् लुगा धोएरै लाखौं कमाउँदै ( भिडियो सहित)  :  मार्केटिङ गरेर जेनतेन राम्रै पैसा कमाइरहेका वेला एकाएक सुजनले सोचे ‘कमाएर मात्रै भएन अब पैसा जमाउनु पनि पर्छ’ । आफ्नै उमेरका युवाहरुको लहडबाट अछुतो रहन सकेनन् सुजन । उनलाई पनि विदेशको डलरले तान्यो । बाहिर जाने चाँजोपाँजो मिलाउन उनी दिल्ली पुगे ।

 

16. यी हुन् लोकतन्त्रपछिका १० ठूला काण्ड  :  डेढ दशक लामो प्रजातान्त्रिक कालखण्डको भ्रष्टाचार र बेथितिप्रति प्रायश्चित्त गर्दै प्रमुख दलहरूले त्यस्तो गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जनाएका थिए । सशस्त्र संघर्षको माध्यमबाट राजनीतिको मूलधारमा आएको तत्कालीन माओवादीले आफ्नो प्रमुख नारामा भ्रष्टाचारविरोधी विषयवस्तु समावेश गरेको थियो ।

 

 

17. लडाकु भत्ताकाण्ड, यसकारण अख्तियारको छानबिन अलपत्र पर्यो  :  शान्ति प्रक्रियामा आएको तत्कालीन नेकपा माओवादीका लडाकु व्यवस्थापनको क्रममा ६ वर्षमा ९ अर्ब ७९ करोड ६८ लाख ८० हजार २ सय ९६ रुपैयाँ खर्च भएको थियो । त्यसमध्ये शिविर व्यवस्थापनअन्तर्गत मासिक भत्तामा ५ अर्ब ८८ करोड रुपैयाँ खर्च थियो । भरणपोषणमा २ अर्ब ७६ करोड ।

 

18. राष्ट्रपति आजदेखि राजकीय भ्रमणमा  :  राष्ट्रपति विद्यादेवी भण्डारीको आजदेखि सुरु हुने चीनको राजकीय भ्रमणका क्रममा नेपालले रेलदेखि सुरुङमार्गसम्मका परियोजनामा चिनियाँ अनुदान ल्याउने प्रयास गर्ने भएको छ । नेपालले बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) सम्बन्धी परियोजनाका ९ वटा सूची तयार पारेको छ ।

 

——पूर्वराजालाई ९६ प्रहरीको पहरा  :  गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवको सुरक्षामा ३० जना सुरक्षाकर्मी खटिएका छन् । तर, पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षाका लागि भने तीन गुणाभन्दा बढी सुरक्षाकर्मी खटाइएको छ ।  

 

——–जनआन्दोलनका जिउँदा सहिद मुकेश कायस्थको सरकारी सुविधा बन्द  :  देशको परिवर्तनका लागि रगत बगाएका ‘जीवित सहिद’ मुकेश कायस्थका नाममा सरकारले दिँदै आएको सुविधा बन्द भएको छ । खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारले मुकेशलाई मासिक भत्ताबापत १५ हजार, नर्सका लागि २३ हजार र कुरुवाका लागि ६ हजार दुई सय व्यवस्था गरेको थियो । तर, अहिले सम्पूर्ण सुविधा रोकिएको मुकेशकी आमा मीरा कायस्थले बताइन् ।

 

———चिनियाँ होटेल र रेस्टुरेन्टमा उतैको एपबाट भुक्तानी, नेपालमा रेकर्ड छैन  :  नेपालमा चिनियाँ नागरिकले सञ्चालन गर्ने होटेल तथा पसलहरूले विच्याट तथा अलिपेजस्ता चिनियाँ डिजिटल वालेटमार्फत भुक्तानी लिने गरेका छन् । खासगरी नेपाल घुम्न आउने चिनियाँ पर्यटकसँग उनीहरूले चिनियाँ डिजिटल वालेटमार्फत भुक्तानी लिने गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?