काठमाडौँ– सर्वाेच्च अदालतले चालू आर्थिक वर्षमा २५ दशमलव ४६ प्रतिशत मुद्दा फछ्र्याैट गरेको छ । सर्वाेच्चले मङ्गलबारसम्म दर्ता भएका ३० हजार ६५५ मुद्दामध्ये सात हजार १९२ मुद्दा फछ्र्याैट गरेको हो ।
सर्वाेच्चले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले जिल्ला र उच्च अदालतको तुलनामा सर्वाेच्चमा कम मुद्दा फछ्र्याैट भएको बताए । सर्वाेच्च अदालतमा न्यायाधीशको कमीलगायतका कारणले गर्दा लक्ष्यभन्दा कम मुद्दा फछ्र्याैट भएको र देशभरमा नयाँ मुद्दा दर्ता हुने क्रम यो वर्ष तुलनात्मक रुपमा बढेको जानकारी दिए ।
मुख्य रजिष्ट्रर निरौलाका अनुसार जिल्ला र उच्च अदालतमा अहिलेसम्म एक लाख ५८ हजार ७६४ नयाँ मुद्दा दर्ता भएकामा ४३ प्रतिशत मुद्दा फछ्र्याैट भएको छ ।
यही वैशाख २ गतेदेखि ‘मुलुकी संहिता संशोधनसम्बन्धी केही नेपाल ऐन’ लागू गरिएको जानकारी दिँदै उनले अब नयाँ र पुराना सबै मुद्दामा नयाँ कार्यविधि लागू हुने जानकारी दिए । गत भदौमा लागू भएको देवानी संहिता र फौजदारी संहिता ऐनमा नयाँ मुद्दामा नयाँ ऐन लागू भए पनि चालू मुद्दामा पुरानै ऐन कार्यान्वयन हुने उल्लेख थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया