वैशाख १० गते गतेका १८ ट्रेन्डिङ समाचार, दुनियाँमा दिनभर के भयो ? एक क्लिकमा थाहा पाउनुहोस्

WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ ।

आज मिति २०७६ साल वैशाख १०  गते देश दुनियाँमा के–के घटना भए  ? जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र ५ मिनेटमा थाहा पाउनुहोस् देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु । यूट्युवमा गएर LOKPATH TV  टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ । अन्तमा लोकपथ डटकमको यूट्युव च्यानल  LOKPATH TV  लाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् । 

 

1. प्राधिकरणलाई भूकम्पको पुनर्निर्माण सक्न बजेट भएन : 
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणमा ८० प्रतिशत उपलब्धि हासिल भएको जनाएको छ ।अनुदान सम्झौता गरेका ७ लाख ६२ हजार ३ सय ७ घरपरिवार मध्ये ६ लाख १२ हजार ९ सय ३५ घर पुनर्निर्माणको प्रक्रियामा रहेको प्राधिकरणले जनाएको छ । 

 

 

2. विप्लव समूहका जिल्ला इञ्चार्ज सौगात र अर्जुन पक्राउ
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहका जिल्ला इञ्चार्ज सौगात कटुवाल र सदस्य अर्जुन चौहानलाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले बिर्तामोड नगरपालिका–१ आँखा अस्पताल नजिकैबाट सोमवार उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

 

3. वीरगन्जकी महिलाले जन्माइन् एकै पटक चार सन्तान : 
एक महिलाले एकै पटक चारजना शिशुलाई जन्म दिएकी छिन्। पर्साको छिपहरमाइ गाउँपालिका ४ जयमंगलापुरका सलीम गद्धीकी श्रीमती २० वर्षीया नजमा खातुनले एकै पटक चारजना शिशुलाई जन्म दिएकी  हुन् ।

 

 

4. नेपालीस्याट–१ स् डेढ महिनापछि पृथ्वीको परिक्रमा गर्ने : 
नेपालले पहिलो पटक प्रक्षेपण गरेको नेपालीस्याट–१  भूउपग्रहले अब डेढ महीनापछि स्वतन्त्र रुपले अन्तरिक्षमा रही पृथ्वीको परिक्रमा गर्ने भएको छ ।

 

 

5. अस्थायी शिक्षक संघर्ष समितिद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा : 
अस्थायी शिक्षक केन्द्रीय संघर्ष समितिले राज्यले ३० हजार अस्थायी शिक्षकहरुलाई रोजगारविहीन बनाएको भन्दै थप आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । मंगलवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै समितिले कुनैपनि बहानामा अस्थायी शिक्षकहरुलाई विस्थापित नगर्न र पटक–पटक आन्तरिक परीक्षा दिने व्यवस्था गर्न सरकारसँग माग गरेको छ । 

 

 

6. यसकारण 'एक्सन हिरो 'विराजले कुटे आफ्नै चलचित्रका निर्माण नियन्त्रकलाई : 
अभिनेता विराज भट्टले चलचित्र प्राविधिक संघका साधारण सदस्य एवम् निर्माणाधीन चलचित्र ‘साङलो’का निर्माण नियन्त्रक शंकर पाण्डेमाथि कुटपिट गरेका छन् ।

 

 

7.कलाकार सन्नी देवल ‘भाजपा’मा प्रवेश : 
 भारतमा लोकसभा चुनाव जारी रहँदा सन्नी देवलले आज ‘मंगलवार’ औपचारिक रुपमा भारतीय जनता पार्टी ‘भाजपा’मा प्रवेश गरेका छन् । दिल्लीमा आयोजित एक कार्यक्रममा संघीय मन्त्री निर्मला शितारमन र पियूष गोयलले उनलाई पार्टीमा भित्र्याएका थिए ।

 

 

8. एक वर्षदेखि ट्रमा सेन्टर अलपत्र : 
एक वर्षअघि निर्माण भएको ट्रमा सेन्टर आवश्यक उपकरण र बजेटको अभावमा अझै सञ्चालनमा आउन सकेको छैन । अमेरीकी राजदूतावासले सशस्त्र प्रहरी बलको विपत् व्यवस्थापन तालीम शिक्षालय कुरिनटारमा उक्त ट्रमा सेन्टर निर्माण गरी हस्तान्तरण गरेको थियो ।  

 

 

9. १८ वर्षपछि सेनाले छोड्यो कोल्टी : 
 नेपाली सेनाको टोली कोल्टी छोडेर अछाम फिर्ता गएकोे छ । सेनाको ब्यारेक राख्ने उचित स्थान नपाएपछि सेना १८ वर्षपछि कोल्टी छोडेर फर्किएको हो ।

 

 

10. आर्मी क्लब पुरुष फुटबलको फाइनलमा प्रवेश : 
 त्रिभुवन आर्मी क्लब जारी आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलको उपाधि नजिक पुगेको छ । नेपालगंग रंगशालामा आज ‘मंगलवार’ भएको पहिलो सेमिफाइनलमा आर्मी क्लबले प्रदेश ५ लाई पेनाल्टी सुटआउटमा ३(१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

 

 

11. प्रधानमन्त्री ओलीले भने, ‘समृद्धिका लागि साहस र धैर्यता चाहिन्छ’ : 
 प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउन साहस र धैर्यताको खाँचो रहेको बताएका छन् । 
   प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङल्हामु शेर्पाले सगरमाथा आरोहण गरेको २६ औँ वर्षको अवसरमा आयोजित पासाङ प्रतिष्ठा दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले साहसी आरोही पासाङको प्रेरणा र आत्मविश्वासबाट अघि बढ्नसके देशलाई समुन्नत र प्रतिष्ठित बनाउन सकिने बताए । 

 

 

12. आठौँ खेलकुदको समापन उपराष्ट्रपति पुनले गर्ने : 
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने भएका छन् । प्रतियोगितको भोलि ‘बुधवार’ भव्य समारोहकाबीच नेपालगञ्जस्थित महेन्द्र रङ्गशालामा उपराष्ट्रपति पुनले समापन गर्ने प्रदेश नं ५ का प्रदेश खेलकुद विकास समितिका अध्यक्ष भीम वलीले जानकारी दिए । 

 

 

13. अभियन्ता फणीन्द्र नेपाल पक्राउ : 

ग्रेटर नेपालको अभियन्ता फणीन्द्र नेपाल पक्राउ परेका छन् । आफूलाई ग्रेटर नेपालको अभियन्ता बताउने नेपाललाई काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले मंगलवार दिउँसो चाबहिलस्थित घरबाटै पक्राउ गरेको हो । नरेशकुमार न्यौपानेले लिएको ६ लाख रुपैयाँको चेक बाउन्स भएको विषयमा उजुरी परेपछि उनलाई पक्राउ गरिएको परिसरका डीएसपी होविन्द्र बोगटीले बताए । 

 

 

14. रिना हत्या प्रकरण स् प्रहरीद्वारा प्रर्दशनकारीमाथि अश्रुग्यास प्रहार
 मोरङको पथरीमा मृत भेटिएकी रिना बस्नेतको हत्याको यर्थाथ छानबिनको माग गर्दै स्थानीयले निकालेको प्रदर्शनमा झडप भएको छ । स्थानीयवासीले गत शनिवार नग्न अवस्थामा मृत भेटिएकी रिनाको छानबिन गर्न निकालेको प्रदर्शनमा झडप भएको हो । 

 

 

15. प्रधानमन्त्री मोदीद्वारा गुजरातमा मतदान
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनकी  ९० वर्षीया आमा हीराबेन मोदीले गुजरातको अहमदाबादमा मतदान गरेका छन् । प्रधानमन्त्री मोदीले अहमदाबादको रनिप क्षेत्रको निशान उच्च माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गरेको हो । 

 

16. चौध सय भत्ताले खान र होटलको भाडा तिर्न गाह्रो भो ! 
जारी आठौँ राष्ट्रिय खेलकुद प्रदेश नं ५ का विभिन्न जिल्लामा चलिरहेको छ । अहिले दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही र पाल्पामा खेल भइरहेका छन् । विशेषगरी बाँके र दाङमा राष्ट्रिय प्रतियोगिताका अधिकांश खेल भइरहेको छ । दाङमा छनोट भएका सात खेलमध्ये बास्केटबल, ब्याडमिन्टन, टेबुलटेनिस र एथ्लेटिक्सका खेलहरु सम्पन्न भइसकेको छ ।

 

 

17. काठमाडौंमा पाँच हजार साना उद्योग दर्ता
देशको आर्थिक समृद्धिको मेरुदण्डको रूपमा रहेको साना तथा घरेलु उद्योग दर्ताको क्रम बढ्दो छ । सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई अगाडि बढाएसँगै काठमाडौं जिल्लामा पनि साना तथा घरेलु उद्योग दर्ता गर्ने क्रम बढेको हो ।

 

 

18. सैनिक विद्यालयले बर्खास्त गर्यो प्रधानाध्यापकसहित ३ जना, यस्तो छ कारण : 
नेपाली सेनाको बाँसबारीस्थित सैनिक विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारी गरी ३ जनालाई बर्खास्त गरिएको छ । नयाँ शैक्षिक सत्रको लागि विद्यार्थी भर्नाका निमित्त सञ्चालन भएको लिखित प्रवेश परीक्षामा सहभागीलाई पास गराउन भूमिका खेलेको आरोपमा प्रधानाध्यापकसहित ३ जनालाई पदमुक्त गरिएको  हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?