पूर्वमन्त्री तथा कांग्रेस नेता रामकृष्ण ताम्राकारको निधन

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता रामकृष्ण ताम्राकारको निधन भएको छ ।

चैत अन्तिम सातादेखि  स्वास्थ्य स्थिती गम्भिर भएपछि अस्पताल भर्ना भएका उनको ललितपुरको अल्का अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो निधन भएको हो ।

उनी दुई बर्षदेखि क्यान्सर र निमोनियाबाट ग्रसीत थिए । 

२०४८ र २०५६ मा रुपन्देही २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका ताम्राकार   नेपाली कांग्रेसका केन्द्रीय कोषाध्यक्षसमेत भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?