रसुवाको टिमुरेबाट ७ किलो सुन सहित घले पक्राउ

रसुवाको टिमुरेबाट ७ किलोसुनसहित एक जना पक्राउ परेका छन् ।

७ किलो सुनसहित रसुवागढी नाकाबाट एक जना पक्राउ गरिएको हो ।

नौकुण्ड गाउँपालिका वडा नम्वर १ यार्साका शेर ग्याल्मु घलेलाई सो सुनसहित पक्राउ गरिएको  जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख डिएसपी सन्तोष तामाङले लोकपथलाई जानकारी दिए ।

मंगलबार चेकजाँचका क्रममा स्याउ बोकेको ना ६ ख ९०६८ नम्बरको कन्टेनर ट्रकमा सुन फेला परेको डिएसपी तामाङले बताए । 

थप जानकारी आउन बाँकी छ । www.lokpath.com लग ईन गरिरहनुहोला । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?