जीपको ठक्करबाट वृद्धाको मृत्यु

बेझाड । रामपुर नगरपालिका–४ स्थित इस्लामपुरमा जीपले ठक्कर दिदा एक वृद्धाको मृत्यु भएको छ । 

मंगलवार ग२च ३०९४ नं को बोलेरो जीपले ठक्कर दिँदा इस्लामपुर बस्ने ७५ वर्षीया सकिना मियाँको मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरले जानकारी दिएको छ । 

मियाँको उपचारको क्रममा रामपुर अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने चालक र गाडी प्रहरी नियन्त्रणमा छ । इस्लामपुरको मुख्य सडकबाट भित्री सडकमा जाने क्रममा  मियाँलाई जीपले ठक्कर दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?