उदययुर । उदयपुरमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
उदयपुरको बेलका नागरपालिका ७ मैनामैनी कुलुङमा आइतवार राति जीप दुर्घटना भएको हो ।
सुनसरी बराहक्षेत्र नगरपालिका चतराबाट बेलका नगरपालिका मयाम जाँदै गरेको को १ ज १६१५ नम्बरको जिप दुर्घटना हुँदा बेलका नगरपालिका ७ मैनामैनीका अन्दाजी २३ वर्षीय मनोज राईको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते बेलका ७ मैनामैनीका २७ वर्षीय अम्बर राई र बेलका ८ का ३५ वर्षीय चरकुमारी राईको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईले जानकारी दिए ।
घाइते अम्बरको हात र छातीमा चोट लागेको छ भने चरकुमारीको टाउकोमा चोट लागेको एसपी राईले बताए ।
बेलका ७ की ३२ वर्षीय पिपल कुमारी राई सामान्य घाइते छिन् ।
घाइते तीनै जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया