भक्तपुरमा रथ तान्ने क्रममा ढुंगाहानाहान, ९ घाइते

भक्तपुर । भक्तपुरमा बिस्केट जात्राको रथ तान्ने क्रममा ढुंगाहानाहान भएको छ । 

बिहीवार राति भक्तपुरको गहिटीबाट रथ अघि बढाउने क्रममा तल्लो र माथिल्लो क्षेत्रका बासिन्दाबीच ढुंगाहानाहान हुँदा ९ जना घाइते समेत भएका छन् । 

तल्लो र माथिल्लो क्षेत्रका बासिन्दाबीच विवाद हुँदा ढुंगाहानाहान भएको प्रहरीले जनाएको छ । 

गहिटीबाट तल्लो र माथिल्लो बासिन्दाले तान्न शुरु गरेको रथलाई माथिका बासिन्दाले वंशगोपाल पुर्याएर एउटा घरमा रथ ठोक्किएपछि तनाव सृजना भएको हो । 

भक्तपुर प्रहरीका अनुसार ढुंगाहानाहानमा भक्तपुरका माइला दुवाल, रोजेश शिलाकार, अशिष शिलाकार, रौतहटका उमेश कुमार, काभ्रे मण्डन देऊपुरका विकास तामाङ, मनीष कासुला र रिमेश शाही घाइते छन् ।

घाइते सबैको भक्तपुर अस्पतालमा उपचार गरिएको छ ।

त्यस्तै रथ तान्ने क्रममा रथबाट खसेर अर्का एक जना पनि घाइते भएको प्रहरीले जनाएको छ । रथबाट खसेर घाइते हुनेमा

भक्तपुर नगरपालिका–५, चोछेका पुण्यराम सितिखु छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?