गभर्नेन्स ल्याबको दुईदिने ‘राष्ट्रिय गोष्ठी २०२३’ सफलता पूर्वक सम्पन्न

लोकपथ
21
Shares

काठमाडौं । गभर्नेन्स ल्याबले नेसनल गभर्नेन्स सिम्पोजियम २०२३ सफलतापुर्वक समापन गरेको छ ।

नेपाल अतिकम विकसित देशबाट विकसित देशमा उक्लिन सफल भएको लगायत अन्य महत्वपूर्ण कोसेढुङ्गाहरू पार गरेको पृष्ठभुमीमा आयोजित यस गोष्ठीले नेपालको सङ्घीय सङ्क्रमणका प्रमुख सरोकारवालाहरूलाई एकसाथ ल्याएको थियो ।

दायित्व र नेपाल लिडरसिप एकेडेमीको सहकार्यमा आयोजना गरिएको उक्त गोष्ठीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग,अर्थ मन्त्रालय,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगायतका प्रमुख सरकारी निकायकोहरुको सहभागिता रहेको थियो ।

“समावेशी विकासका लागि नवीन आविष्कारहरू“ थिम राखिएको गोष्ठीमा प्रतिष्ठित व्यक्तित्वहरू र विज्ञहरूबाट राजनीतिक, आर्थिक र सामाजिक समावेशीकरणमा केन्द्रित वैचारिक सत्रहरू प्रस्तुत गरिएका थिए । उनिहरुले नेपालमा समावेशी र सहकार्यमुलक शासनका लागि नया सम्भावनाहरूमा हस्तक्षेप गरिनुपर्नेमा जोड दिएका थिए ।

उद्घाटन सत्रमा गभर्नेन्स ल्याबका अध्यक्ष डा. पुकार मल्लले आफ्नो मन्तव्य दिएर कार्यक्रमको सुरुवात गर्नुभएको थियो भने त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र तथा मानवशास्त्र केन्द्रीय विभागका डा. मुक्तसिंह लामा–तामाङले प्रमुख मन्तव्य राख्नभुएको थियो ।

साथै उद्घाटन सत्रमा नेपाल सरकारका मुख्य सचिव डा. बैकुण्ठ अर्याल, नेपाल नगरपालिका संघका अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना, टेवा र नागरिक आवाजका संस्थापक एवम महिला अधिकारबादी सुश्री रीता थापा लगायत वरिश्ठ व्यक्तित्वहरुले समावेशी विकास सम्बन्धि आफ्नो विशेष मन्तव्य राख्नुभएको थियो ।

गोष्ठीको पहिलो दिनको पहिलो सत्रमा नीतिगत निर्णयका लागि युवा र सरकारको सहकार्य विषयमा छलफल भएको थियो भने दोश्रो सत्रमा ब्रेकिंग व्यारीयर्स : एडभानसिङ्ग बियोन्ड रेप्रेजेन्टेसन टू डिग्गनिटि एन्ड सेल्फ– डिटर मिनेशन विषयमा छलफल भएको थियो ।

त्यस्तै गोष्ठीको पहिलो दिनको दोश्रो भाग अन्तर्गत तेश्रो सेसनमा राष्ट्रिय महिला उद्यम विकास नीतिको लागि मुद्धा बनाउनुपर्ने विषयमा छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?