सिमरा । बाराको जीतपुरमा आन्दोलित विद्यार्थीहरुले प्रहरीको भ्यानमा आगजनी गरेका छन् ।
विद्यार्थीले जीतपुरस्थित इलाका प्रहरी कार्यालयको ना १ झ ७१२ नम्बरको भ्यानमा आगजनी समेत गरेका हुन् ।
प्रदेश २ मा माध्यमिक शिक्षा (एसईई) परीक्षाको प्रश्नपत्र बाहिरिएसँग सरकारले परीक्षा स्थगित गरेपछि प्रदेश २ का आठ जिल्लाहरुमा विद्यार्थीले शनिवार बिहानैदेखि विरोध प्रदर्शन गरेका हुन् ।
आक्रोशित विद्यार्थीहरुले अब पुनः एसईई परीक्षा नदिने भन्दै सडकमा उत्रिएका हुन् ।
‘फेरि परीक्षा दिँदैनौ, हामीलाई न्याय चाहियो’ नारा लगाउँदै विद्यार्थीहरुले वीरगञ्ज– पथलैया सडकखण्ड अवरुद्ध गरेका छन् ।
उता सरकार र प्रहरी संयन्त्रको विरोध गर्दै एसईई परिक्षा फेरी नदिने भन्दै यतीबेला विद्यार्थीहरुले सडकमा चर्को नाराबाजी गरेका छन् ।
उग्र बनेका विद्यार्थी र प्रहरीबिच केहिबेर झडपसमेत भयो । प्रहरीले बल प्रयोग गरेर विद्यार्थीहरुलाई तिरतबितर बनाउन निकै संघर्ष गर्नुपरेको थियो । अवस्थालाई नियन्त्रणमा लिन केही राउण्ड अश्रुग्यास समेत प्रहार गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया