बाटुली लामिछाने विश्वकै ज्येष्ठ नागरिक भएको दाबी

काठमाडौं –राष्ट्रिय ज्येष्ठ नागरिक कोषले नुवाकोटको ककनी गाउँपालिका वडा ८ का ११७ वर्षीया बाटुली लामिछानेलाई विश्वकै ज्येष्ठ नागरिक रुपमा घोषणा गर्न सरकारलाई आग्रह गरेको छ ।

कोष शुक्रबार पत्रकार सम्मेलन गरी लामिछाने विश्वकै ज्येष्ठ नागरिक भएको दाबी गर्दैै उनलाई विश्वकै ज्येष्ठ नागरिकका रुपमा घोषणा गर्न सरकारलाई आग्रह गरेको हो ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकास्थित गिरानचौरमा १९५९ साल चैत्र १० गते जन्मिएकी लामिछाने अहिले नुवाकोटस्थित ककनी गाउँपालिकाको थानसिंहमा नातिनीसँगै बस्दै आएको राष्ट्रिय ज्येष्ठ नागरिक कोषका सभापति रामकृष्ण कर्माचार्यले जनाकारी दिए । यो समाचार गोरखापत्रमा प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?