राजविराज । माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गतको अनिवार्य विज्ञान विषयको परीक्षा रद्द गरिएको छ ।
आज (बिहीवार) अनिवार्य विज्ञान विषयको परीक्षा शुरु हुनु अगावै सप्तरी जिल्लामा प्रश्नपत्र बाहिरिएको थियो ।
विज्ञान विषयको प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ को ८ जिल्लाको विज्ञान विषयको परीक्षा रद्द गरिएको हो ।
प्रदेश २ को बारा, पर्सा रौतहट, धनुषा, महोत्तरी, सप्तरी, सिरहा र सर्लाहीमा विज्ञान विषयको परीक्षा रद्द भएको छ ।
प्रदेश २ का शिक्षा निर्देशक रमाकान्त शर्माले आज लिइएको विज्ञान विषयको परीक्षा रद्द गरिएको जानकारी दिएका हुन् । उनले भने, ‘बुधवार राति सामाजिक सञ्जालहरुबाट विज्ञान विषयको प्रश्नपत्र बाहिरिएको पुष्टि भएको छ, यही कारणले परीक्षा रद्द गर्ने निर्णय गरेका हौँ ।’
रद्द भएको विज्ञान विषयको परीक्षा भने यही चैत २२ गते सञ्चालन हुने शिक्षा निर्देशक शर्माले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया