अबको तीन दिनभित्रै २८ हजार कर्माचारीको समायोजन

काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अबको तीन दिनभित्रै २८ हजार कर्मचारीको समायोजन गर्ने गरी अन्तिम गृहकार्य अघि बढाएको छ । ८९ हजार निजामती कर्मचारीमध्ये बुधबार रातिसम्म ६० हजार बढीको समायोजन गरिएको छ । समायोजन भएकामध्ये अधिकांशले पत्र बुझिसकेका छन् ।

केन्द्रीकृत शासन प्रणालीअनुसार भर्ना भएका ८९ हजार कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन प्रक्रिया थालेको मन्त्रालयले हालसम्म तीनै तहमा गरी ६० हजार ६ सय ३४ जना कर्मचारीको समायोजन भइसकेको समायोजन शाखाका उपसचिव केशर पण्डितले जानकारी दिए । राजधानी दैनिकमा  खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?