विप्लव समूहले घोषणा गरेको नेपाल बन्द फिर्ता

काठमाडौं– विप्लव नेत्तृत्वको नेकपाले चैत १६ गते गर्ने भनिएको नेपाल बन्द फिर्ता भएको छ ।
राष्ट्रिय मानवअधिकार आयोग र परीक्षा नियन्त्रण कार्यालयको अनुरोधलाई सम्मान गर्दै विप्लव समूहले बन्द फिर्ता लिने निर्णय गरेको हो ।
२ दिनअघि विज्ञप्ति जारी गरेर विप्लवले  नेपाल बन्दको घोषणा गरेका थिए ।
कार्यकर्ता पक्राउ र पार्टीमाथि प्रतिबन्धको विरोधमा विप्लव समूहले बन्द आह्वान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?