दाङ । दाङको बेलझुण्डिस्थित नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालमा तालाबन्दी गरिएको छ ।
एमाले निकट अनेरास्ववियुले शुक्रवारदेखि केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको हो । साथै आयुर्वेद डिनको कार्यालय र केन्द्रीय आयुर्वेद क्याम्पदमा समते अनेरास्ववियुले तालाबन्दी गरेको छ ।
विश्वविद्यालयले आयुर्वेद स्नातक (बीएएमएस) तहको प्रवेश परीक्षाको नतिजा प्रकाशन गर्न ढिला गरेको आरोप लगाउँदै अनेरास्ववीयूले केन्द्रीय कार्यालयका साथै आयुर्वेद डिनको कार्यालय र केन्द्रीय आयुर्वेद क्याम्पसमा तालाबन्दी गरेको हो ।
गत फागुन २५ गते सम्पन्न भएको परीक्षाको नतिजा सार्वजनिक गर्न ढिला भएपछि तालाबन्दी गर्नुपरेको अनेरास्ववियुका जिल्ला अध्यक्षले जानकारी दिए । जिल्ला अध्यक्ष विरबल खड्काले भने, ‘परीक्ष दिएको लामो समय वितिसक्दा पनि नतिजा सार्वजनिक भएको छैन, कुनै पनि चलखेल र राजनीतिक दवाबबिना निष्पक्ष नतिजा सार्वजनिक नभएसम्म तालाबन्दी जारी रहने छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया