कटुवा पेस्तोलसहित कपिलवस्तुबाट रिजवान मुसलमान पक्राउ

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका ४ बाट प्रहरीले कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । 

चन्द्रौटामा सुन चोरीको घटनाबारे अनुसन्धान गर्दै जाँदा स्थानीय २४ वर्षीय युवक रिजवान मुसलमान पक्राउ परेका हुन् । 

उनलाई शुक्रवार राति उनकै घरबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुकका अनुसार सुन चोरीको घटना अनुसन्धान गर्दै जाँदा रिजवान मुसलमानमाथि शंका लागेको थियो, शुक्रवार राति उनको घरमा छापा मार्दा कटुवा पेस्तोलसहित उनी पक्राउ परेका हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?