काठमाडौं – पछिल्लो मर्यादाक्रमप्रति नेपाली सेना असन्तुष्ट भएको छ। गृह मन्त्रालयले सेनाको अधिकृत तहलाई अन्य सुरक्षा निकायका अधिकृत र निजामती अधिकृतभन्दा तल राखेर नयाँ मर्यादाक्रम जारी गर्न लागेपछि सेनाले असन्तुष्टि जनाएको हो। अन्नपूर्ण पोस्टमा खबर छापिएको छ ।
प्रस्तावित मर्यादाक्रममा नेपाल प्रहरीको निरीक्षक, सशस्त्र प्रहरी निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अधिकृतभन्दा उपसेनानी पछाडि छन्। सहसेनानीलाई सरकारको शाखा अधिकृत एवं तृतीय श्रेणी वा सोसरहको अधिकृतभन्दा तल राखिएको छ। यसले गर्दा विपत् व्यवस्थापन तथा अन्य सहकार्यमा संयुक्त फौज परिचालनमा असहज हुने सेनाको ठहर छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया