WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ ।
आज मिति २०७५ साल चैत्र ८ गते देश दुनियाँमा के–के घटना भए ? जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र ५ मिनेटमा थाहा पाउनुहोस् देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु । यूट्युवमा गएर LOKPATH TV टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ । अन्तमा LOKPATH TV लाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् ।
1. ‘साम्बा’ बनिन् नेपालको दोस्रो सर्वाधिक गोलकर्ता, जमुना गुरुङको रेकर्ड ब्रेक : नेपाली राष्ट्रिय महिला फुटबल टिमकी खेलाडी साबित्रा भण्डारी ‘साम्बा’ले पुर्व खेलाडी जमुनाको रेकर्ड तोड्न सफल भएकी छिन् । स्ट्राइकर साम्बाले पूर्व कप्तान समेत रहेकी जमुना गुरुङको नाममा रहेको रेकर्ड तोडेकी हुन् । यो सँगै साम्बा नेपालका लागि सर्वाधिक गोल गर्ने दोस्रो खेलाडी समेत बनेकी छिन् ।
2. प्रधानमन्त्री ओलीद्वारा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन : प्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देहीको भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गरी प्रगतिको जानकारी लिएका छन् । बुधवार बिहान भैरहवा आएका प्रधानमन्त्री ओलीले सो विमानस्थलको हालसम्मको कार्यप्रगति सन्तोषजनक भएको भन्दै निर्माण कार्यलाई थप गति दिई चाँडो सञ्चालनमा ल्याउन निर्देशन दिएका थिए ।
3. नेपालको यू -१९ क्रिकेट टिम अभ्यास खेलमा पराजित : नेपालको यू-१९ राष्ट्रिय क्रिकेट टिम अभ्यास खेलमा पराजित भएको छ । भारत भ्रमणमा रहेको नेपाली टिम अभ्यास खेलमा आन्ध्र प्रदेशको यू(१९ टिमसँग ७२ रनले पराजित भएको हो ।
4. कसैले उपचारको अभावमा ज्यान गुमाउनु पर्दैनः प्रधानमन्त्री ओली : प्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ३ मा सरकारी स्तरको मेडीकल कलेजको परियोजनाको उद्घाटन गरेका छन् । शुक्रवार एक कार्यक्रमका विच प्रधामन्त्री ओलीले बुटवल मेडियकल कलेज परियोजना कायान्वयन एकाईको कार्यालयसँगै परियोजानको शुभारम्भ गरेका हुन् ।
5. दुई चिनियाँ फर्ममाथि प्रतिबन्ध लगाउने अमेरिकी घोषणा : संयुक्तराज्य अमेरिकाले दुईवटा चिनियाँ सिपिङ कम्पनीमाथि राष्ट्रसङ्घीय प्रतिबन्धको बेवास्ता गरी उत्तर कोरियालाई सहयोग गरेको आरोपमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । उक्त कदमले अमेरिकाको उत्तर कोरियामाथि थप दबाब सिर्जना गर्ने उद्देश्य यथावत रहेको देखिएको छ ।
6. कम्बोडियामा चीनको आर्थिक “उपनिवेश” छैन – प्रधानमन्त्री हुन सेन : कम्बोडियाका प्रधानमन्त्री हुन सेनले चीनको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने दुई अर्ब डलरको एक्सप्रेस राजमार्ग निर्माणको शुक्रवार शिलान्यास गरेका छन् । उनले पश्चिमा राष्ट्रहरुले चिनियाँ लगानीबाट कम्बोडिया चीनको आर्थिक उपनिवेश बन्छ भनी गरिएका टिप्पणी सही नभएको पनि बताए ।
7. तत्कालीन भन्सार अधिकृत मानप्रसाद विकविरुद्ध विशेष अदालतमा मुद्दा दायर : भैरहवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत मानप्रसाद विकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । विकले झण्डै २ करोड भ्रष्टाचार गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
8. तोकिएको क्षेत्रमा कर्जा प्रवाह नगरे अधिकतम ब्याज बराबर जरिवाना तिर्नुपर्ने : बैंकहरुले प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा प्रवाह नगरे जरिवाना तिर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैकहरुलाई प्राथमिकता प्राप्त क्षेत्रमा कुल कर्जाको २५ प्रतिशत लगानी गर्न भनेको छ । बैंकहरुले लगानी गर्न अटेर गरेपछि तोकिएको क्षेत्रमा कर्जा लगानी नगरे कर्जामा लिने अधिकतम ब्याज बराबरको जरिवाना गर्ने राष्ट्र बैंकले जनाएको छ ।
9. विप्लव समूहको आपराधिक गतिविधि रोक्न खोज्दा विरोध गरिनु आश्चर्य -प्रधानमन्त्री ओली : प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहले हिंसात्मक गतिविधि त्यागेर शान्ति प्रक्रियामा आउनु पर्ने बताएका छन् । विप्लव समूह आपराधिक गतिविधि छाडेर संवैधानिक दायराभित्र रही सार्वभौमसत्ता रक्षा र स्वाधीनताको पक्षमा लाग्नुपर्ने बताएका हुन् ।
10. डिग्री सकेका यूवाको ‘ड्रिम डेस्टिनेसन’ बन्दै कोरिया, यसकारण कामदार मगाउँछ : सामाजिक सञ्जालमा एउटा तस्वीर सेयर भइरहेको छ । ९इपिएस० अन्तर्गत कोरिया जानको लागि यूवाहरु रातभर लाईनमा बसे । उक्त तस्वीर सेयर गर्दै सामाजिक सञ्जाल प्रयोग कर्ता उपेन्द्र अधिकारीले लेखेका छन्, नेपालीहरु कति मुर्ख मास्टर्स सकेको सर्टिफिकेट बोकेर अनलाई फर्म भर्ने सिस्टम हुँदाहुँदैै रातभर जाग्राम बसेछन् ।
11. चर्चित महिलाका गुमनाम श्रीमान् : भनिन्छ कि, ‘हरेक श्रीमान्को सफलताको पछाडी एक असल श्रीमतीको हात हुन्छ ।’ यो भनाइ कतै श्रीमतीलाई मख्ख पार्न मात्र त भनिएको होइनरु के यो भनाइ श्रीमती हितमा पनि होला त के कुनै पनि श्रीमती चाहिँ सफल हुन नै नचाहाने हो र रुपक्कै पनि होइन होला १ त्यसैले हरेक श्रीमती को सफलताको पछाडी एक असल श्रीमान्को हात हुन्छ ।
12. पार्टी एकता आकिस्मक रुपमा टुंगिन्छ- प्रधानमन्त्री ओली : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को पार्टी एकता आकस्मिकरुपमा टुंगिने बताएका छन् । भैरहवा विमानस्थलमा आज (शुक्रवार) पत्रकारहरुसित कुरा गर्दै प्रधानमन्त्री ओलीले नेकपाको स्थानीय तहको एकता आकस्मिकरुपमा टुंगिने बताएका हुन् ।
13. होली खेल्न निस्किएकी बालिकाको बलत्कारपछि हत्या : भारतको तेलङ्गनामा बिहीवार होली खेल्न निस्किएकी ६ वर्षीय बालिकाको बलत्कारपछि हत्या भएको आशंका गरिएको छ । दैनिक ज्यालादारी गर्ने एक भारतीय मजदुरकी छोरी बिहीवार होली खेल्न घरबाट निस्किएकी थिइन् ।
14. बालिकालाई यौन दुर्व्यबहार गरेको अभियोगमा पुरुष पक्राउ : सप्तकोशी नगरपालिकामा ४ वर्षीया बालिकालाई यौन दुर्व्यबहार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।सप्तकोशी नागरपालिका १ बस्ने ४ वर्षीया बालिकालाई यौन दुव्र्यबहार गरेको अभियोगमा सोही स्थान बस्ने ३८ वर्षीय दिपक भुजेललाई प्रहरी बिहीवार प्रक्राउ परेको हो ।
15. ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक, २०७५’ बहुमतले पारित : राष्ट्रियसभाको आजको बैठकले ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक, २०७५’ पारित गरेको छ । संशोधन प्रस्तावकर्ता सांसद राधेश्याम अधिकारीले राख्नुभएको प्रस्तावलाई अस्वीकृत गर्दै बहुमतले सो विधेयक पारित गभएको हो ।
16. शिक्षामन्त्री पोखरेल अस्पताल भर्ना : शिक्षामन्त्री गिरिराजमणि पोखरेल बिहीवारदेखि अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि पाटन अस्पताल भर्ना भएका हुन् । मन्त्री पोखरेलका प्रमुख सल्लाहकार जीवन गौतमका अनुसार गण्डकी मेडिकल कलेजको विवाद सम्बन्धी छलफल सकेलगत्तै मन्त्री पोखरेलको स्वास्थ्यमा समस्या देखिएको थियो ।
17. भारतीय नम्बरको ट्रकबाट १ सय ६४ किलो चरेस बरामद, एक पक्राउ : काठमाडौंबाट भारततर्फ आउन लागेको भारतीय नम्बर प्लेटको युपी १९टी ५१७१ नम्बरको ट्रकबाट प्रहरी १ सय ६४ किलोग्राम प्रतिबन्धित लागूऔषध चरेस बरामद गरिएको छ । शुक्रवार बिहान पृथ्वी राजमार्ग अन्तर्गत गजुरीमा चेकजाँचका क्रममा प्रहरीले १ सय ६४ किलोग्राम प्रतिबन्धित लागूऔषध चरेस बरामद गरेको हो ।
18. नेपाल–जापानबीच श्रम सम्झौतापत्रमा हस्ताक्षर हुँदै, सरकारी संयन्त्रबाट कामदारको भर्ना : नेपाल र जापानबीच आगामी सोमवार श्रम समझदारी हुने भएको छ । जापानमा नेपाली कामदार पठाउनेबारे दुई देशबीच श्रम समझदारी हुन लागेको हो । श्रम समझदारीपत्रमा श्रम मन्त्रालयका सचिव र जापानी राजदूतले हस्ताक्षर गर्दै छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया