अर्थशास्त्री दाहालको निधन

काठमाडौं । अर्थशास्त्री डा. मदनकुमार दाहालको आज (शुक्रवार) निधन भएको छ । 

काठमाडौं मेडिकल कलेज केएमसी हस्पिटलमा उपचारका क्रममा आज दिउँसो अर्थशास्त्री दाहालको निधन भएको हो । 

सरकारी वित्तका विज्ञ दाहाल त्रिभुवन विश्वविद्यालयमा चार दशकदेखि अध्यापन गराउँदै आएका थिए ।

उनले सयौं विद्यार्थीलाई विद्यावारिधि समेत गराएका थिए । 

कसैको चित्त नदुखाउने मानिसका रुपमा सम्झँदै सामाजिक सञ्जालमा यतिबेला उनको तस्वीर सेयर भइरहेको छ । 

मेगा बैंकको सञ्चालक समिति अध्यक्षसमेत भइसकेका उनको दर्जनौ अनुसन्धानहरु प्रकाशित छन् । अर्थशास्त्रमा विद्यावारिधि दाहाल नेपाल आर्थिक संघको पूर्व अध्यक्षसमेत हुन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?