काठमाडौं । वैदेशिक रोजगार विभागका नायव सुब्बा ६० हजार घुससहित पक्राउ परेका छन् ।
बिहीवार राति गोकर्णेश्वर नगरपालिका वडा नं. ५ जोरपाटी चोक स्थित सापकोटा मिठाई भण्डारबाट विभागका नायव सुब्बा रामकुमार फुयाँल घुससहित पक्राउ परेका हुन् ।
वैदेशिक रोजगारको लेनदेनको कागजमा साक्षी बसेको सेवा ग्राहीलाई निजविरुद्ध उजुरी परेको र निजको नाममा पक्राउ पुर्जी जारी गरिदिन्छु भन्दै पटक–पटक कार्यालयमा बोलाई डरधम्की देखाइ घुस मागेको विशेष सुचनाको आधारमा उनले पक्राउ गरिएको हो ।
फुयाँललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टंगालबाट खटेका टोलीले घुस रकमसहित पक्राउ गरेको हो ।
उनले सेवाग्राहीसँग ६० हजार घुसबापतको रकम लिई जोरपाटी चोकमा फलफूल पसल गर्ने ध्रुव खड्कालाई राख्न दिएका थिए । उनले रकम राख्न दिएको केही समय पश्चात खड्कासँग उक्त घुस बापतको रकम लिँदै गर्दा फुयाँल अख्तियार टोलीले पक्राउ गरेको हो । साथै फलफुल व्यवसायी खड्का समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्त प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया