काठमाडौं । झुटो समाचार प्रकाशित गरेको अभियोगमा प्रहरीले एक अनलाइनका सहसम्पादलाई पक्राउ गरेको छ ।
आवाज डटकमका सह सम्पादक गौरव खनाललाई प्रहरीले पक्राउ गरेको हो ।
उनले केही दिन अघि काठमाडौंको दश स्थानमा बम विस्फोट भएको समाचार उक्त अनलाइनबाट प्रकाशित गरेका थिए । उक्त समाचार झुटो रहेको रहेको भन्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले खनाललाई नियन्त्रणमा लिएको थियो ।
उनलाई साइबर अपराध अन्तर्गत कारवाहिका लागि चैत ७ गते माहानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
पाँच दिन म्याद थप गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया