चैत्र ७ गतेका १८ ट्रेन्डिङ समाचार, दुनियाँमा आज के भयो ? एक क्लिकमा थाहा पाउनुहोस्

WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ । आज मिति २०७५ साल चैत्र ७ गते देश दुनियाँमा के–के घटना भए ? जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र ५ मिनेटमा थाहा पाउनुहोस् देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु । यूट्युवमा गएर LOKPATH TV  टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ ।  LOKPATH TV सब्स्क्राईब गर्न नबिर्सनुहोस् ।  

 

1. सरकारले विप्लवलाई भन्यो, ‘राजनीतिक मैदान खाली छ, जताबाट खेले पनि हुन्छ’ :  सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहले हतियार नविसाएसम्म वार्ता हुन नसक्ने बताएको छ । पछिल्लो समय विप्लव समूहले काठमाडौं उपत्यकासहित देशभर हिंसात्मक गतिविधि बढाएपछि सरकारले गत फागुन २८ गते प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । 

 

2. राष्ट्रियसभाको भूमिकालाई प्रभावकारी बनाउँछौँ – अध्यक्ष तिमिल्सिना : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाको भूमिका प्रभावकारी बनाउँदै लैजाने बताएका छन् ।  आज भरतपुरमा रासससँग कुरा गर्दै अध्यक्ष तिमिल्सिनाले एक वर्षको अवधिमा भएका उपलब्धिलाई संस्थागत गर्दै आगामी दिनमा संविधानको मर्मअनुसार अघि बढ्ने विश्वास व्यक्त गरे ।

3. पाँच संवैधानिक आयोगमा अध्यक्षको नियुक्ति :  राष्ट्रपति विद्यादेवी भण्डारीले आज विभिन्न पाँच संवैधानिक आयोगमा अध्यक्ष नियुक्त गरेकी छिन् । पुरा जान्न यो  लिंक क्लिक गर्नुहोस् । 

 

4. यसरी छरिए होलीका रंगहरु : वसन्त ऋतुको शुरुवातको प्रतिक होली पर्व आज पनि नेपालको तराई–मधेश र छिमेकी मुलुक भारतमा मनाइँदै छ । होलीलाई प्रजनन, रंग, प्रेम, र दुष्टमाथि विजय हासिल गरेको अवसरको रुपमा हेरिन्छ ।

 

5. अभ्यास गर्दागर्दै एक भारतिय क्रिकेटरको मृत्यु :  भारतमा एक क्रिकेट खेलाडीको खेलका क्रममा मृत्यु भएको छ । बुधवार कलकत्तामा अभ्यासका क्रममा ब्याटिङ गदागर्दै मृत्यु भएको भारतिय सञ्चार माध्यमले जनाएको छ । 

 

6. आठ करोडको लागतमा निर्माणाधिन खानेपानी योजनाको काम शुरु :   नवलपरासीको मध्यविन्दु नगरपालिका–१३, मा करिब आठ करोडको लागतमा खानेपानी योजना निर्माण कार्य शुरु गरिएको छ । खानेपानीको समस्या झेल्दै आएका यस क्षेत्रका बासिन्दा खानेपानी योजना निर्माण सम्पन्न भएपछि भने शुद्ध खानेपानी पिउन पाउने भएका छन् ।

 

7. प्रदेशस्तरीय बैठकमा प्रधानमन्त्री ओलीको सम्बोधन, सुनाए गायत्री मन्त्र : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशस्तर बैठकलाई सम्बोधन गर्दै गायत्री मन्त्र सुनाएका थिए । प्रधानमन्त्री ओलीले पहिलो प्रदेशस्तरीय बैठकमा राजनीतिक कुरा भन्दा धार्मिक कुरालाई प्रथमिकताका साथ प्रस्तुत गर्दै उनले गायत्री मन्त्र सुनाएका थिए ।  

 

8. सत्र सय हेक्टरमा चैते धान रोपाइ :  नवलपुरमा एक हजार ७ सय ७५ हेक्टर क्षेत्रफलमा चैते धानको रोपाइ भएको छ । केही छिटफुट स्थानमा बाहेक नवलपुरका सबै पकेट क्षेत्रमा चैते धान रोपाइ सकिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।  

 

9. अनलाइन सेवामा समस्या देखाउँदै भारतीय भन्सारले रोक्यो १ सय ४० ट्याङ्कर :  भारतीय भन्सारले अनलाइन सेवामा समस्या देखिएको भन्दै पेट्रोलियम पदार्थ बोकेका १ सय ४० वटा ट्याङ्कर रुपैडिया नाकामा रोकेको छ । अनलाइनमा समस्या आएको भन्दै ट्याङ्करसँगै फलफूल र तरकारी बोकेका दर्जन बढी ट्रक पनि दुई दिनदेखि भारतमै रोकिएको नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत शरदकुमार केसीले जानकारी दिए । 

 

10. समृद्धीको नारा लगाएर प्रधानमन्त्री सर्वसत्तावादतर्फ उन्मुख –  नेता पौडेल  : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली समृद्धिको नारा लगाएर मुलुकमा सर्वसत्तावाद लाद्ने अभियानमा लागेको बताएका छन् । धादिङको सिम्लेमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री ओलीले सबै अधिकार आफुमा केन्द्रीत गरेर सर्वसत्तावादी बन्न लागेको बताएका हुन् । 
 

11. शेयर बजार सात अङ्कले घट्यो : पछिल्ला दिनमा ओरालो लाग्दै आएको शेयर बजार बिहीवार पनि करिब सात अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ६ दशमलब ८६ विन्दुले घटेर एक हजार १ सय ४० दशमलब ६० विन्दुमा पुगेको छ । 

 

12. मैले जनमत सङ्ग्रह गर्नुपर्छ भनेकै छैन – महामन्त्री कोइराला : नेपाली काङ्ग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले गणतन्त्र र सङ्घीयता जनआन्दोलनको उपलब्धि भएकाले यसको संरक्षण गर्नु सबैको साझा दायित्व हो भनेका छन् ।  नेपाल प्रेस युनियन चितवनले आज (बिहीवार) आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “गणतन्त्र र सङ्घीयता जनआन्दोलनको उपलब्धि हो, मैले यसमा जनमत सङ्ग्रह गर्नुपर्छ भन्ने कुरा गरेकै छैन ।” 

 

13. जनताको जलविद्युतको सेयरमा प्रधानमन्त्रीले १० हजार कित्ता आवेदन दिए :  सरकारले अभियानको रुपमा अगाडि बढाएको जनताको जलविद्युतको साधारण सेयर आज ९बिहीवार०देखि बिक्री शुरु भएको छ । सेयर खरीदका लागि भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार नै ग्लोबल आइएमइ क्यापिटल लिमिटेड र नेपाल डिपी लिमिटेडमा दुई वटा डिम्याट खाता खोलेका छन् ।

 

14. न्युजील्याण्डकी प्रधानमन्त्री आर्डेनले गरिन् हतियारमा रोक लगाउने घोषणा :  न्युजील्याण्डकी प्रधानमन्त्री जाकिन्दा आर्डेनले हतियारहरुमा रोक लगाइने घोषणा गरेकी छन् ।सैनिकले चलाउने खालका अर्ध स्वचालित हतियार, एसल्ट राइफल र उच्च क्षमताका म्याग्जीन्सहरुमा रोक लगाइने घोषणा गरेकी हुन् । 

15. नेपालसँग सहकार्य गर्न अन्तर्राष्ट्रिय समुदायलाई परराष्ट्रमन्त्री ज्ञवालीको आह्वान :  परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल विकासशील अवस्थाबाट माथि उठ्न चाहेको भन्दै अन्तर्राष्ट्रिय समुदायलाई सहयोग गर्न आह्वान गरेका छन् । अर्जेन्टिनाको बोईसन एरिसमा विभिन्न राष्ट्रका राष्ट्र प्रमुख, राष्ट्र संघीय प्रतिनिधि तथा मन्त्रीहरु सहभागी बापा सम्मेलनमा उनले सो कुरा बताएका हुन् । 

16. भगवती महिला रेस्लिङ च्याम्पियन (तस्वीरसहित) :  रेस्लिङ महाभिडन्तको महिला रोयल रम्बल म्याचमा भगवती खड्का ‘युनिका’ पहिलो भएकी छिन् । यो स्पर्धामा भगवतीसहित आकृति पुन, लक्ष्मी घर्ती मगर, लीला उप्रेती, सविना उप्रेती, गीता जिरेल र जमुना तामाङले प्रतिस्पर्धा गरेका थिए ।

 

17. साफ महिला च्याम्पियनसिप उपाधि खेलको लागि तयार छौँ – कप्तान निरु थापा :  नेपाली राष्ट्रिय महिला टिमकी कप्तान निरु थापाले साफ च्याम्पियनसीपको उपाधि जित्न सक्ने दावी गरेकी छिन् । साथै उनले फाइनलमा खेलमा उत्कृष्ट खेल प्रर्दशन गर्दै फाइनल हराउने रणनीति रहेको समेत बताइन् ।

 

18. इटालीमा अपहरणमा परेको ५१ जना बालबालिको उद्धार :  इटालीमा अपहरणमा परेको ५१ जना बालबालिकालाई  प्रहरीले उद्धार गरेको छ । इटालियन प्रहरीले उनीहरुको उद्धार गरेको हो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?