काठमाडौं । उप प्रधानमन्त्री पूर्णबहादुर खड्काले भुकम्प प्रभावित परिवारलाई दुई दिनभित्र आवश्यक राहत सामग्रीहरू प्रभावित क्षेत्रका पु-याउन प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन् ।
रूकुम पश्चिमका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिँदै खड्काले खोज तथा उद्दारको काम सम्पन्न भइसकेकाले संघ प्रदेश सरकार राहत र पुनस्थापनामा लागेको बताए ।
उनले आज र भोलिसम्ममा राहतका सबै सामग्रीहरू जिल्लामा पुर्याइने बताए ।
शनिबार दिनभर नेपाली सेनाका पाँच हेलिकप्टरसहित स्काई ट्रकले विरामीहरूको उद्दार गरेको थियो भने आइतबारदेखि राहत सामग्री सेनाकै हेलिकप्टरले ढुवानी गरिररहेको छ ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री भुकम्प प्रभावित जिल्लामा नै छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया