३ जना मृत अवस्थामा फेला  

लोकपथ
273
Shares

काठमाडौं । देशका विभिन्न स्थानमा  जना मृत अवस्थामा फेला परेका छन् ।

बाँके, राप्ती सोनारी गाउँपालिका–५ चाचरफर्का घाट बस्ने ४५ वर्षीय रामचन्द्र थारू सोही ठाउँस्थित राप्ती नदीको किनारमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

त्यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका–३ छतिवन सामुदायिक वनको अगाडि कर्णाली नदीमा सुर्खेत पञ्चपुरी नगरपालिका–१० नासी बस्ने २१ वर्षीया रिता कुमारी धमला ९रितु० आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।

त्यसैगरी रूपन्देही, बुटवल उपमहानगरपालिका९१२ नयाँगाउँस्थित हाल बसोबास नभएको पुरानो घरको बरण्डामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

सबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?