काठमाडौं । बारामा गोली चलेको छ । बाराको बाल एकता इङिलस बोर्डिङ्ग स्कुलका प्राधानाध्यपक रुपेश सरार्फ माथि गोली प्रहार भएको हो । २ वटा मोटरसाईकलमा आएका ४ जनाको समूहले कलैया-६ मदर्शा टोलमा सर्राफमाथि गोली प्रहार गरेको हो ।
घाँटी तथा छातीमा गोली लागेका सर्राफको अवस्था गम्भीर रहेको छ । पहिले उनलाई कलैया अस्पताल पुर्याइएको थियो त्यसपछि त्याहाबाट उनलाई हाल वीरगंजस्थित बयोधा अस्पताल लगिएको छ ।
उनलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लैजाने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया